logo-img

थप ६४ जनामा कोरोनाभाइरसको संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ६४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। शनिबार एक हजार १७० जनाको परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित थपिएका हुन् । 

पिसिआर टेस्ट गरिएका १६८ जनामध्ये ४१ जनामा र एन्टिजेन टेस्ट गरिएका एक हजार दुई जनामध्ये २३ जनामा कोरोना पुष्टि भएको हो। योसँगै सक्रिय संक्रमितको संख्या ३५७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ५७ जना निको भएका छन्। कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेसँगै भेन्टिलेटर र आइसियूमा राख्नुपर्ने बिरामीको संख्या पनि बढ्दै गएको छ।

अहिले पाँचजनाको भेन्टिलेटर र आठजनाको आइसियूमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ।





  • प्रकाशित मिति : चैत २५, २०७९ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया