समाजलाई बुझ्न नसक्ने मानिस नेता हुन सक्दैन : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सफल नेता हुन समाजलाई मानवीय र भावनात्मकरूपमा बुझ्न सक्नुपर्ने बताएका छन् ।​

अर्जुनधारामा आयोजना आयोजित ‘साहित्य उत्सव’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानवीय र भावनाको कोणबाट समाजलाई नबुझ्ने मानिस नेता हुन नसक्ने बताएका हुन् ।    

‘सफल नेता हुन समाजलाई मानवीय र भावनात्मकरूपमा बुझ्न सक्नुपर्छ,’ उनले भने, ‘राजनीतिज्ञले समाजको भावना र मानवीय पक्षलाई बुझेको हुनुपर्छ ।’

कार्यक्रममा झापा क्षेत्र नं १ का सांसदसमेत रहेका शर्माले ‘बैशाखी’ शीर्षकको कवितासमेत वाचन गरेका थिए । पार्टीले लेखक सङ्घ र लेखकका पक्षमा उल्लेख्य काम गर्न नसकेको स्वीकार्दै उनले आगामी दिनमा पार्टीले त्यसलाई आत्मसात् गरेर अघि बढ्ने प्रतिबद्धतासमेत जनाए ।  





  • प्रकाशित मिति : चैत २६, २०७९ आइतबार ६:५५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया