तनहुँमा गोविन्द भट्टराईको जित सुनिश्चित : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तारुढ गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईको पक्षमा सिङ्गो पार्टी र गठबन्धन परिचालित भएकाले जित सुनिश्चित भएको बताएका छन् । 

तनहुँको आँबुखैरेनीमा मतदाता भेटघाट कार्यक्रमको अवसरमा महामन्त्री शर्माले मंसिर ४ को निर्वाचनमा गठबन्धनले जितेको स्मरण गराउँदै उपनिर्वाचनमा पहिलेकै गठबन्धन कायम रहेको र उम्मेदवार पनि सशक्त भएकाले जित निश्चित रहेको बताए ।

उम्मेदवार भट्टराईसँग केही दिनपछि संसदमा भेट हुने बताए । नेता भट्टराई असल र निष्ठाको राजनीति गर्ने विद्यार्थी कालदेखिको नेता भएको महामन्त्री शर्माको दाबी छ ।

महामन्त्री शर्माले तनहुँको विकास र समृद्धिको लागि उम्मेदवार भट्टराईलाई जिताउनुपर्ने बताए । ‘पार्टी छोडेर गएका मूल घर फर्किएर रुख रोप्ने र रुखलाई जिताउने अभियानमा लाग्न अनुरोध छ,’ महामन्त्री शर्माले भने ।

विभाजित सबै नेता, कार्यकर्ता तथा आफ्नै घरमा फर्किएर एकताबद्ध भएर पार्टी बलियो बनाउनुपर्ने उनले बताए । साथै उनले तनहुँको विकास र समृद्धिको लागि उम्मेदवार भट्टराईलाई जिताउनुपर्ने बताए ।

तनहुँ–१ का उम्मेदवार भट्टराईले घर फोहोर भयो भनेर घर छाड्न नहुने बताए । उनले घरलाई सफा बनाएर सिङ्गारेर बस्नुपर्ने बताए।



राष्ट्रपति बनेका रामचन्द्र पौडेले ४ मङ्सिरको निर्वाचनको बेला जनतासमक्ष गरेका वाचा भट्टराईले पूरा गर्ने बताए ।    



  • प्रकाशित मिति : चैत २७, २०७९ साेमबार ७:२२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया