logo-img

ए डिभिजन लिग : पुलिसकाे पहिलो जित, चर्च ब्वाइज र एपिएफकाे बराबरी

विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब र स्टार खेलाडीले भरिएको चर्च ब्वाइज युनाइटेडले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा सोमबार बराबरी
खेल्दै अंक बाँड्दा अर्को खेलमा नेपाल पुलिस क्लबले जारी लिगमा पहिलो जित निकालेको छ ।

सातौं चरणअन्तर्गत चर्च ब्वाइज र एपिएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् भने पुलिसले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको
खेलमा फ्रेण्ड्समाथि ३–१ को जित निकाल्दै जारी लिगमा पहिलो जित निकोको हो । 

नवप्रवेशी चर्च व्वाइज र एपिएफबीचको खेल निकै प्रतिष्पर्धात्मक बनेको थियो । निर्धारित समयमा दुवै टोलीले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न
असफल भएका थिए । सुरुवातबाट आक्रामक रुपमा देखिएका दुवै टोलीले स्पष्ट जितको खोजीमा थिए । गोलका लागि निकै संघर्ष गरे पनि सफल हुन सकेनन् । खेलको
२४औं मिनेटमा एपिएफका एडमा विडोमको प्रहारलाई चर्च ब्वाइजका गोलकिपर प्रिसो एन्जांगाले बचाउँदा एपिएफको अग्रता हुने अवसरलाई खेर गएको थियो ।

३५औं मिनेटमा चर्च ब्वाइजका एरिक बिष्टको फ्रिकिक एपिएफका गोलकिपर युया कुरियामाले बचाउँदा ४३ औं मिनेटमा जोफेफ बेम्पाको प्रहार पोलमा लागेर फर्कियो ।

यसै सिजन बढुवा हुँदै लिगमा स्टार खेलाडीलाई अनुबन्ध गरेको चर्च ब्वाइजले दोस्रो हाफमा पनि सुनौलाे अवसर खेर फाल्न पुगेको थियो । ७४औं मिनेटमा मणि
लामाले प्रहार गरेको फ्रिकिकमा विदेशी खेलाडी एडमा विडोमले भेटाउन सकेनन् ।

यस बराबरीसँगै  चर्च ब्वाइजले ७ खेलमा १३ अंक जोडेको छ । यस्तै एपिएफले ७ खेलमा ११ अंक जोडेको छ ।
लिगअन्तर्गत सोमबार नै भएको अर्को खेलमा विदेशी खेलाडी भित्र्याएको नेपाल पुलिस क्लबले जारी लिगमा पहिलो जित निकोको छ । 



सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले ललितपुरको
टोली फ्रेण्ड्स क्लबलबाई ३–१ गोल अन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको हो । पुलिसले सातौं चरणको खेलमा पहिलोपटक स्पष्ट अंक जोड्न
सफल भएको हो ।  

अघिल्लो खेलमा अपेक्षाअनुसारको प्रदर्शन गर्न नसकेको पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल गर्दा विदेशी खेलाडी मोसेसले डेब्युमा नै गोल गरे । यस्तै फ्रेण्ड्सका पनि विदेशी खेलाडी टोरिक जेब्रिनले सान्त्वना गोल फर्काएर अन्तर घटाएका थिए ।



विदेशी खेलाडी समावेश भएपछि उच्च मनोबलका साथ खेलेको पुलिसले पहिलो हाफमा भने अपेक्षाअनुसार खेल्न सकेन ।  दोस्रो हाफमा तालमेल मिलेपछि आक्रामक
रुपमा देखिएको पुलिसले ५० औं मिनेटमा गोलको खाता खोल्यो । मोसेसको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । 

५७ औं मिनेटमा बुद्धले टोलीको अग्रता दोब्बर बनाउँदा खेल सकिन चार मिनेट बाँकी रहँदो फ्रेण्ड्सले गोल
गर्दै अन्तर छोट्याएको थियो । ८६ औं मिनेटमा फ्रेण्ड्सका जेब्रिनले खेललाई २–१ को स्थितीमा ल्याएको खेलको ८९औं मिनेटमा बुद्धले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिसले ३–१ को जित निश्चित गरेको हो । 

जितसँगै पुलिसले ७ खेलबाट तालिकामा ४ अंक पुर्याएको छ । फ्रेण्ड्सको पनि ७ खेलमा समान ४ अंक नै भएको
छ ।

लिगमा मंगलबार दुई खेल हुनेछन् । एन्फा मुख्यालयमा हुने खेलमा जावलाखेल युथ क्लबले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रतिष्पर्धा गर्दा च्यासल मैदानमा मच्छिन्द्र फुटबल क्लबले खुमलटार युथ क्लबसँग खेल्नेछ ।
 

  • प्रकाशित मिति : चैत २७, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया