logo-img

टीआरसीलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने तीन दलबीच सहमति

प्रमुख तीन तीन दलबीच सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ । आज बिहान बालुवाटारस्थित सभामुखको निवासमा बसेको प्रधानमन्त्री तथा सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा यस्तो सहमति भएको हो ।   

बैठकमा टिआरसीलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 

संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व पनि सहमतिमा टुंगो लगाउन नेताहरू सहमत भएका छन् । 

बैठकमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत तीन दलका संसदीय दलमा रहेका नेताहरू सहभागी थिए । 

अर्को बैठक आगामी वैशाख १ गते बस्ने तय भएको छ । 





  • प्रकाशित मिति : चैत २८, २०७९ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया