logo-img

फिक्कल युनाइटेड सन्दकपुर गोल्डकपको फाइनलमा

दमक फुटबल एकेडेमीलाई हराउँदै फिक्कल युनाइटेड तेस्रो सन्दकपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार सातखाल्डे खेल मैदानमा सम्पन्न पहिलो सेमीफाइनलमा दमकलाई ३–२ गोल अन्तरले हराउँदै फिक्कल गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफमा २–० गोल अन्तरको अग्रता बनाएको फिक्कलले दोस्रो हाफमा थप एक गोल गर्न सफल रह्यो । खेलको छैटौँ मिनेटमा शेखर राईले फिक्कललाई सुरुवाती अग्रता दिलाए । २ मिनेट नबित्दै शेखरले अग्रता दोब्बर बनाए ।  

४५ औँ मिनेटमा निश्चल बस्नेतले अग्रता कम बनाए । फिक्कलका कप्तान सचिन योल्मु दोहोरो पहेँलो कार्ड खाँदै ६५ औँ मिनेटमा मैदान बाहिरिए । 

१० खेलाडीमा सीमित बनेको फिक्कलका लागि नयन प्रधानले इन्जुरी समयमा अग्रता ३–१ बनाए । दबाबमा परेको दमकका लागि इन्जुरी समयको अन्तिम मिनेटमा निमा तामाङले गोल गरेपनि जितका लागि पर्याप्त भएन । 

जितसँगै फिक्कलले कम्तीमा ८१ हजार सुरक्षित गरेको छ । खेलको म्यान अफ द म्याच २ गोलकर्ता शेखर घोषित हुँदै नगद २ हजार प्राप्त गरे । दमकले आयोजक देउराली स्पोर्टिङ क्लब र फिक्कलले सुनाकोठी एफसी ललितपुरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका थिए ।

दोस्रो सेमिफाइनल खेलमा बुधबार बिर्तामोड युनाइटेड र बुट्टाबारी युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । बिर्तामोड नवप्रयास ताप्लेजुङ र बुट्टाबारी रेडहर्स इलामलाई हराउँदै सेमिफाइनल पुगेका थिए । 



फाइनल खेल आगामी १ वैशाखमा हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ । फाइनलअघि ३० चैतमा देउराली भेट्रान र सन्दकपुर गाउँपालिका कर्मचारीबीच मैत्रीपूर्ण खेल हुनेछ ।  



  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया