logo-img

‘ए’ डिभिजन लिगमा आज तीन खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

यी दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । यस्तै, रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र रोयल ब्लु सातदोबाटो क्लबले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टोलीबीचको खेल पनि दिउँसो २ बजे सुरु हुनेछ ।

आजै हुने तेस्रो खेलमा एपिएफ क्लब र हिमालयन शेर्पा भिड्ने छन् । खेल दिउँसो ४ बजे च्यासल मैदानमा हुनेछ । 





  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया