logo-img

पासपोर्ट र मुद्रा नेपालमै छपाइ गर्न कांग्रेस नेता कार्कीको माग

सत्तारुढ नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सुरक्षण मुद्रणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका नेता कार्कीले आगामी आर्थिक वर्षको बजेटमा सो मुद्रणका लागि आवश्यक बजेट विनियोजन गर्न नसक्ने हो भने सरकारले ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७’ लाई अगाडि बढाउनुको कुनै अर्थ नरहने पनि स्पष्ट पारे । 

बुधबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले अर्बाैंको बजेट मुलुकबाहिर जान नदिन र मुलुकको राष्ट्रिय हित हुने गरी नेपाली रुपैयाँको समेत मुद्रण देशभित्रै गर्न सो मुद्रण आवश्यक रहेको बताए । नेता कार्कीले भने, ‘यो विधेयक हरेक हिसाबले मुलुकका लागि आवश्यक छ । सुरक्षण मुद्रणका लागि वर्षेनी अर्बौं रुपैयाँ विदेश जाने गरेको छ ।’

स्वेदशमा सुरक्षण मुद्रण नहुँदा नक्कली मुद्रणको प्रयोग गरेर राजस्व अपचलनमा पनि गम्भिर समस्या सिर्जना भएको भन्दै उनले नेपालको सुरक्षण मुद्रण सुरु भयो भने यसले मुलुकमा अर्बौं रुपैयाँको बचत हुन पाउने बताए । 

उनले भने, ‘म मन्त्रीजीलाई आग्रह गर्न चाहन्छु यो विधेयक पारित गर्दैगर्दा यथेष्ट बजेटको व्यवस्था गर्न जरुरी छ । यदि हामीले यथेष्ट बजेटको व्यवस्था गर्न सकेनौं भने यो विधेयक अगाडि बढाउनुको कुनै अर्थ छैन ।’ 

नेता कार्कीले नेपालको पासपोर्ट र मुद्रा समेत छपाइ हुने गरी सरकारले सुरक्षण मुद्रणको व्यवस्था गर्नुपर्ने पनि स्मरण गराए । 





  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया