logo-img

ए डिभिजन लिग : संकटाले एनआरटीलाई, हिमालयन शेर्पाले एपिएफलाई हराए

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा बुधबार संकटा क्लबले न्युरोड टिम (एनआरटी)विरुद्ध २–१ को जित निकाल्दा अर्को खेलमा हिमालयन शेर्पाले विभागीय टोली एपिएफलाई ५–३ ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटालाई जित दिलाउन जुनियर एनकेन्गुइ र मनीष डांगीले एक–एक गोल गर्दा एनआरटीका सर्जी सङले गोल गरे । खेलको २२ औँ मिनेटमा एनकेन्गुई गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । 

३७ औँ मिनेटमा मनीषले संकटाको अग्रता दोब्बर पारे । यस्तै, एनआरटीका सङले ६२ औँ मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यसपछि गोल नहुँदा संकटाले तीन अंक जोड्न सफल भयो । जितसँगै आठ खेलबाट १२ अंक जोडेको संकटा तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । समान खेलबाट ६ अंक जोडेको एनआरटी तालिकाको १२ औँ स्थानमा छ ।

लिगअन्तर्गत बुधवार नै भएको अर्को खेलमा हिमालयन शेर्पाले एपिएफ क्लबविरुद्ध ५–३ को रोमाञ्चक जित निकालेको छ । च्यासल रगंशालामा बुधबार भएको खेलमा हिमालयन शेर्पाका लागि सत्यम शर्माले दुई गोल गर्दा सुदीप श्रेष्ठ, अबायाओमी फमान्ले र विश्वास श्रेष्ठले समान एक गोल गरे । 

एपिएफका अमान्र्ड बेडोउम, सनिश श्रेष्ठ र प्रदीप लामाले एक गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलमा सुदीप श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । सत्यम शर्माले २४ औँ मिनेटमा गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे । त्यसको पाँच मिनेटपछि सत्यमले नै हिमालयन शेर्पाको अग्रतलाई ३–० मा पु¥याएको खेलको इन्जुरी समयमा एपिएफका अर्माण्ड बेडोउमले एक गोल फर्काउँदै अन्तर घटाए । 

४७ औँ मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पाको अग्रतालाई ३–२ मा झारेपछि लयमा फर्किएको एपिएफका लागि प्रदीप लामाले ६३ औं मिनेट बराबरी गोल गरे । तर, ७५औँ मिनेटमा अबायाओमी फमान्लेले गोल गर्दै हिमालयन शेर्पालाई पुनः अग्रता दिलाए र ८९ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गरेपछि हिमालयन शेर्पाको ५–३ को जित निश्चित गरे । जितसँगै लिगमा हिमालनय शेर्पाले आठ खेलबाट ९ अंक जोडेको छ । समान खेल खेलेको एपिएफको ११ अंक छ ।



लिगमा बिहीबार दुई खेल हुनेछन् । पहिलो खेल एन्फा कम्पलेक्समा नेपाल पुलिस क्लब र थ्री स्टार क्लब तथा दशरथ रंगशालामा चर्च ब्वाइज युनाइटेड र फ्रेण्ड्स क्लबबीच खेल हुनेछ ।



  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया