logo-img

मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै सातदोबाटो शीर्ष स्थानमा

सातदोबाटोले सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा बुधबार मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लेको छ । 

यो नतिजाले लिग उपाधिको होड अझ खुला भएको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा सातदोबाटोका लागि दीपकसिंह ठकुरीले ४० औं मिनेटमा गोल गरे । उनले निरज चौधरीको पासमा गोल गरेका हुन् ।

यो जितपछि सातदोबाटोको आठ खेलबाट १६ अंक भएको छ । उसको यो पाँचौँ जित हो ।

मनाङ भने यस लिगमा पराजित भएको यो पहिलोपल्ट हो । मनाङ १५ अंकमै सीमित रह्यो र उसले शीर्ष स्थानमा कायम रहने अवसर गुमायो ।





  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया