logo-img

‘ए’ डिभिजन लिगमा आज पुलिस भर्सेस थ्री स्टार तथा चर्च ब्वाइज भर्सेस फ्रेन्ड्स

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन्  ।  

लिगको आठौँ चरणअन्तर्गत बिहीबार नेपाल पुलिस क्लब र थ्री स्टार तथा चर्च ब्वाइज युनाइटेड र फ्रेन्ड्स क्लब प्रतिस्पर्धा गर्न लागेका हुन् । पुलिस र थ्री स्टारबीचको खेल एन्फा कम्प्लेक्समा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

दोस्रो जितको खोजीमा रहेको पुलिस ४ अंकका साथ तालिकाको १३ औँ स्थानमा छ । चौथो जित निकाल्ने सोचमा रहेको थ्री स्टार ११ अंकसहित आठौँ स्थानमा रहेको छ । 

आजै हुने दोस्रो खेलमा चर्च ब्वाइज र फ्रेन्ड्स क्लब प्रतिस्पर्धा गर्नेछन् । यी दुई टोलीबीचको खेल साँझ ५ः४५ देखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।  

चर्च ब्वाइजले ७ खेलबाट १३ अंक जोडेको छ । ऊ तालिकाको चौथो स्थानमा छ । दोस्रो जितको खोजीमा रहेको फ्रेन्ड्स ४ अंकका साथ तालिकाको पुछारमा रहेको छ    
 





  • प्रकाशित मिति : चैत ३०, २०७९ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया