logo-img

ए डिभिजन लिग : पुलिसलाई थ्री स्टारले हरायो

राजधनीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबमाथि थ्री स्टार क्लबले  १–० को रोमाञ्चक जित निकालेको छ । 

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा बिहीबार सम्पन्न खेलमा थ्री स्टारले फरवार्ड मार्टिन कायोडे अजाइले दोस्रो हाफमा गरेको गोल निर्णायक भएको थियो । यसअघि पहिलो हाफमा दुवै टोलीले राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न असफल भएका थिए । 

आठौं चरणको खेलमा थ्री स्टारले पुलिसविरुद्ध सुखद् नतिजा निकाल्दा अजाइले ६४औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो । अजाईले कप्तान आशोक खवासको पासलाई सदुपयोग गर्न सफल भएका थिए । खवासले पेनाल्टी क्षेत्रमा उपलब्ध गराएको पासलाई अजाई पहिलो प्रयासमा जाली चुमाउन सफल भएका हुन् ।

यसअघि खेलको ३७ औं मिनेटमा थ्री स्टारका लाकेन लिम्बूको हेडर प्रयासलाई पुलिसका गोलकिपर शत्रुधन चौधरीले उत्कृष्ट बचाउ गरेका थिए । यस्तै ७४ औं मिनेटमा मोसिसको प्रहारलाई थ्री स्टारका गोलकिपर मोहम्मद ताहाले बचाउँदा पुलिसले बराबरी गर्ने अवसर गुमाएको थियो ।

यससँगै थ्री स्टारले आठ खेलमा चार जित, दुई बराबरी र दुई हारको नतिजासहित १४ अंक जोडेको छ । पराजय व्यहोरेको पुलिसको समान खेलमा एक जित, एक बराबरी र ६ हारको नतिजासहित चार अंक छ । लिगमा शुक्रवार विश्राम छ भने शनिबारबाट नवौं चरणका खेल खेल हुनेछन् ।
 





  • प्रकाशित मिति : चैत ३०, २०७९ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया