logo-img

ए डिभिजन लिग : चर्च ब्वाइज र फ्रेन्ड्स क्लब बराबरीमा रोकिए

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड र फ्रेन्ड्स क्लब बराबरीमा रोकिएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइज फ्रेन्ड्सबीच १–१ को बराबरी भएको हो । 

खेलको २१औँ मिनेटमा जोस्पे बेम्पाले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । तर, ७३औँ मिनेटमा अमित श्रेष्ठले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काएका थिए ।

बराबरीसँगै आठ खेलबाट १४ अंक जोडेको चर्च तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट पाँच अंक जोडेको फ्रेन्ड्स तालिकाको १२औँ स्थानमा छ ।

बिहीबर भएकै अर्को खेलमा थ्री स्टार क्लबले नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेको थियो । यससँगै थ्री स्टारले आठ खेलमा चार जित, दुई बराबरी र दुई हारको नतिजासहित १४ अंक जोडेको छ । 

पराजय व्यहोरेको पुलिसको समान खेलमा एक जित, एक बराबरी र ६ हारको नतिजासहित चार अंक छ ।





  • प्रकाशित मिति : चैत ३०, २०७९ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया