logo-img

कांग्रेसले देशको अगुवाइ गर्न नसक्दा दर्द हुन्छ : प्रथम राष्ट्रपति यादव

नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले चुनावअघिको गठबन्धनले नेपाली कांग्रेसलाई घाटा भएको बताएका छन् । बिहीबार काठमाडौंमा ‘द आइरन म्यान’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रथम राष्ट्रपति यादवले यस्ते बताएका हुन् ।
 
पार्टीहरुले आफ्नो आदर्श र सिद्धान्त जनतालाई भनेर जनताको मत लिनुपर्ने उनको राय छ । एकले अर्कालाई मत हाल्दा कांग्रेसका कार्यकर्ता पछि पार्टीसँग जोडिएर जान नसक्नेमा उनले सचेत गराए । नेपाली कांग्रेसले देशको अगुवाइ गर्न नसक्दा आफूलाई दर्द हुने पनि उनले बताए । 

प्रथम राष्ट्रपति यादवले नेपाली कांग्रेसको पछिल्लो पुस्ता अध्ययनशील हुन नसकेको बताए । नेपाली कांग्रेसका नेताहरु बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतको त्याग र योगदानबारे पछिल्लो पुस्ताका कांग्रेसीहरुलाई प्रशिक्षित गर्न आवश्यक रहेको उनले बताए । 





  • प्रकाशित मिति : चैत ३०, २०७९ बिहीबार २२:५०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया