logo-img

लोकतन्त्र स्थायित्व नै आजको आवश्यकता : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले नयाँ वर्ष २०८० मा सम्पूर्ण देशवासीमा राष्ट्रिय एकता कायम रहने प्रेरणा मिलोस् भन्दै कामना गरेका छन् । नयाँ वर्षको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले सम्पूर्ण नेपालीको सुख समृद्धिको कामनासमेत गरेका हुन् ।  

पूर्वराष्ट्रपति यादवले दशकौँको नेपाली नागरिकको ठूलो त्याग, तपस्या र बलिदानीबाट गणतान्त्रिक लोकतन्त्र स्थापना भएकाले यसको स्थायित्व नै सबैको आजको आवश्यकता भएको बताए । ‘लोकतन्त्र सबैभन्दा उत्तम व्यवस्था हो, यसको उपभोग सबै नेपालीले समान रूपमा गर्न पाऊन्, नयाँ वर्षमा परिवार, समाज र राष्ट्रको प्रगति हुन सकोस्,’ सन्देशमा भनिएको छ ।

लोकतन्त्र नै सभ्य समाज निर्माणका लागि सबैभन्दा समुन्नत व्यवस्था भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले सबै नागरिकले आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक, सांस्कृतिकलगायतका अधिकार समानरूपमा उपभोग गर्न पाउनुपर्नेमा सो सन्देशमा जोड दिएका छन् ।

‘आज हामी यस्तो गणतान्त्रिक लोकतन्त्रिक समावेशी व्यवस्थामा आइपुगेका छौँ, जुन वर्षौंको त्याग तपस्याले मात्र सम्भव भएको हो, यसलाई सबैले मनन गरौँ र यसबाट लाभलिन सिकौँ, सबैले सबैसँग आपसी सद्भाव कायम राख्न सकौँ,’ उनले भनेका छन् ।  





  • प्रकाशित मिति : वैशाख १, २०८० शुक्रबार १२:४६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया