logo-img

आइतबारसम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्रीकाे तयारी, थप मन्त्रीकाे नाम दिन देउवासँग आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबारसम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् । 

प्रधानमन्त्रीसँग अहिले ६ वटा मन्त्रालयकाे जिम्मेवारी छ । उनले त्यसमध्ये ४ मन्त्रालय कांग्रेस, एक जसपा र एक स्वतन्त्र सांसदलाई मन्त्री बनाउने तयारी गरेका छन् । स्वतन्त्र सांसदमध्ये प्रभु साह वा अमरेशकुमार सिंह मन्त्री बन्नेछन् । 

प्रधानमन्त्रीले नेपाली कांग्रेसलाई बाँकी रहेका मन्त्रीहरूको नाम दिन आग्रह गरेका छन् । शनिबार सत्ता गठबन्धनका ३ शीर्ष नेता बीच बालुवाटारमा भएको बैठकमा कांग्रेसकाे भागमा परेका ४ मन्त्रीको नाम दिन सभापति शेरबहादुर देउवासँग आग्रह गरेका हुन् । 

कांग्रेसले यसअघि चारजनालाई मन्त्री बनाएकाे छ । उसकाे भागमा परेका ८ मध्ये ४ वटा मन्त्रालयमा मन्त्रीको नाम नपठाउँदा प्रचण्ड नेतृत्वकाे सरकारले पूर्णता पाउन सकेको छैन ।

कांग्रेसकाे भागमा परेका बाँकी मन्त्रालयमा स्वास्थ्य, परराष्ट्र, न्याय र खेलकुद मन्त्रालय छन् । तीमध्ये कोइराला समूहले तीनवटा मन्त्रालय माग गरेकाे छ । देउवाले भने दुईवटा मन्त्रालय मात्रै दिने अडान लिएका छन् । 

आन्तरिक किचलोका कारण सभापति देउवाले थप मन्त्रीको नाम पठाउन सकेका छैनन् । कांग्रेसले नाम दिए आइतबारसम्म मन्त्रिपरिषद् पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ । 





  • प्रकाशित मिति : वैशाख २, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया