logo-img

प्रचण्ड, देउवा र ओलीबीच भेट हुँदै, के विषयमा हुँदैछ छलफल ?
फाइल तस्बिर

तीन दलका शीर्ष नेताहरूबीच आज भेटवार्ता हुँदैछ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुन लागेको हो ।  

प्रधानमन्त्री सचिवालयका अनुसार संसदमा विधेयक अगाडि बढाउने भन्नेबारे उनीहरूबीच आज बिहान ९ बजे बालकोटस्थित ओली निवासमा छलफल हुन लागेको हो ।

स्वास्थ्य समस्या देखिएपछि घरमै आराम गरिरहेका ओलीलाई बालकोट पुगेर उनको स्वास्थ्यलाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।   

आइतबार ओली निवासमा बस्ने भनिएको बैठक प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा अनुपस्थित भएपछि स्थगित भएको थियो । 

केही दिनदेखि संवैधानिक परिषद्सम्बन्धी विधेयक र सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताबीच छलफल भइरहेको छ । 

उनीहरूबीच १ वैशाखमा छलफल हुने तालिका थियो । तर सो दिन शीर्ष नेताहरूबीचको छलफल भएन ।  गत २८ चैतमा बसेको प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको थियो । 





  • प्रकाशित मिति : वैशाख ४, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया