logo-img

ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा बालकोटमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । 

सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र सभापति देउवा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन् । अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने वषयमा सहमतिका लागि प्रधानमन्त्री, सभामुख घिमिरे र कांग्रेस सभापति देउवा ओली निवास बालकोटमा पुगेका हुन् । 

साथमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डे, एमाले प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि बालकोट पुगेका छन् । विगत केही दिनदेखि संवैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । 

आइतबार बिहान सभामुखले बालकोटमा बैठक बोलाएपनि प्रधानमन्त्री दाहाल र सभापति देउवा बालकोट नजाँदा बैठक बस्न सकेको थिएन । 





  • प्रकाशित मिति : वैशाख ४, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया