logo-img

उपचुनावमा कांग्रेसका उम्मेदवारलाई जिताउन अनुरोध गर्दै नौ दललाई देउवाकाे पत्र

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैशाख १० गते हुने उपचुनावमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन अनुरोध गर्दै सत्ता गठबन्धनसम्बद्ध नौ दललाई पत्र लेखेका छन् । 

कांग्रेसका उम्मेदवारलाई जिताउन अनुरोध गर्दै देउवाले नेकपा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीका अध्यक्षलाई पत्र लेखेका हुन् । 

‘गठबन्धन दलका यी उम्मेदवारलाई विजयी गराउन आ–आफ्नो दलका तर्फबाट पार्टी पंक्तिलाई अझ प्रभावकारी परिचालन गर्नुपर्ने आवश्यकता दृष्टिगत गरेर यो अनुरोध पत्र पठाएको छु,’ देउवाले पत्रमा उल्लेख गरेका छन्, ‘उपनिर्वाचनका गठबन्धनका उम्मेदवारहरु विजयी गराएर गठबन्धनलाई राष्ट्रियस्तरमा अझ कसिलो बनाएर अघि बढनु छ ।’

उपनिर्वाचनमा सत्ता गठबन्धनको समर्थनमा तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई र चितवन–२ मा जितनारायण श्रेष्ठ उम्मेदवार छन् । 





  • प्रकाशित मिति : वैशाख ५, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया