logo-img

भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले काठमाडाैंमा, राजनीतिक भेटघाट तीव्र

भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

सोमबार काठमाडौं आइपुगेका प्रमुख चौथाइवालेले मंगलबार उनीहरुलाई छुट्टाछुट्टै भेटे गरेका हुन् । भेटमा दुई देशबीच सामाजिक, आर्थिक, सांस्कृतिक राजनीतिक, कूटनीतिक सम्बन्धलाई अझ बलियो बनाउने विषयमा छलफल भएको बताइएको छ । पार्टी-पार्टीबीचको सम्बन्धका  बारेमा पनि छलफल भएको बताइएको छ ।

चौथाइवाले सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन भारतबाट सडकमार्ग हुँदै नेपाल आएका थिए । सो सम्मेलन सम्पन्न गरेर काठमाडौं आइपुगेका उनले विभिन्न दलका शीर्ष नेताहरुसँग भेटघाट बढाएका छन् । 

मंगलबार साँझ उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । यसअघि उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेट गरेका थिए । 

प्रधानमन्त्री प्रचण्ड वैशाखको अन्तिम साता भारत भ्रमणमा जाने तयारीमा छन् । उनको भारत भ्रमणका विषयमा पनि प्रमुख चौथाइवालेले छलफल गरिरहेको बुझिएको छ ।





  • प्रकाशित मिति : वैशाख ५, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया