logo-img

ए डिभिजन लिग : आर्मीसँग मनाङ १–० ले पराजित

सहिद स्मारक लिग ए डिभिजन लिगअन्तर्गत मंगलबारको खेलमा मनाङ मर्स्याङ्दी क्लब त्रिभुवन आर्मी क्लबसँग १–० ले पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा मनाङले लगातार तेस्रो हार व्यहोरको हो । 

यसअघि मनाङ सातदोबाटो र जावलाखेलसँग पनि पराजित भएको थियो । यसअघि मनाङले ०६६–६७ मा लगातार तीन खेल गुमाएको थियो । त्यति बेला मनाङ आरसिटीसँग २–१, आर्मीसँग १–० र पुलिससँग २–० ले पराजित भएको थियो ।

यसपल्ट आर्मीको जितमा भने सुदिल राईले ७५ औं मिनेटमा निर्णायक गोल गरे । यो नतिजापछि दस खेलमा १५ अंक भएको छ । मनाङ भने १५ अंकमै सीमित रह्यो ।





  • प्रकाशित मिति : वैशाख ५, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया