logo-img

‘ए’ डिभिजन लिगमा आज तीन खेल
मछिन्द्र फुटबल क्बल, तस्बिर : एन्फा

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल एपिएफ र मछिन्द्र फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

च्यासल मैदानमा हुने खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।  जावलाखेल र पुलिसबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

आज नै हुने तेस्रो खेलमा फ्रेन्ड्स क्लबले संकटा क्लबको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ । 





  • प्रकाशित मिति : वैशाख ६, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया