logo-img

फरक-फरक शैली, थरीथरीका घर [फोटो फिचर]

मानिसलाई सधैं चाहिने तर परिभाषित गर्न गाह्रो शब्द घर । जंगली युगबाट समाजमा घर बनाएर बस्नुअघि मानिसहरू कहाँ बस्थे होलान् ? बस्ने ठाउँ कस्ता हुन्थे होलान् ? जाडो महिनामा गुफामा बसे पनि गर्मीमा के गर्थे होलान् ? गुफा नभएको ठाउँमा कता बस्थे होलान् ? यी सबै कुराको बारेमा समाजशास्त्रीहरुको फरक–फरक मत छ ।

तर पनि मानिस कहिलेदेखि समाजमा बस्न थाल्यो अझै पनि खोजको विषय बनेको छ । घाम, पानी, हावा–हुरी जंगली जनावर शत्रुबाट बच्न वा अन्य जे कारणले भए पनि मानिसले घर बनाउन थालेको धेरै भयो । नेपालमा बाह्य पर्यटक प्राकृतिक सम्पदा विभिन्न जातिहरूको संस्कृति र मौलिक घर एवं बस्तीहरू हेर्न आउँछन् । मौलिक घर नेपाली समाजको सभ्यताको पहिचान मानिन्छ। 

विविध जाति, धर्म तथा भौगोलिक बनावट भएको मौलिकताले पर्यटकहरूलाई आकर्षण गराएको छ । पर्यटकहरूलाई आधुनिक भन्दा स्थानीय ढुंगामाटो तथा काठ प्रयोग गरी बनाइएको पुराना शैलीको मौलिक घर भएका गाउँमा अवलोकन गर्न रुचाउँछन् । सहरदेखि गाउँसम्म पछिल्लो समय काठका छाना, खरका छाना, ढुंगाका छाना, टिनका छाना हुँदै अहिले आएर सिमेन्ट कङ्क्रिट ढलानका छाना भएका घरहरू प्रशस्त छन् ।

साथै आफ्नो रुचि, हैसियत अनुसार उपत्यकामै पनि घरहरूका अकार, रङ, शैली फरक फरक छन् । तर पनि घर सबैलाई आफ्नो आश्रयका लागि चाहिन्छ नै । नेपालमा भित्रिने बाह्य पर्यटकहरू मौलिक संस्कृति, भेसभुसा रहन सहन र भाषा समेत अध्ययन गर्न रुचाउँछन् । मौलिकता र सुन्दरताका हिसाबले काठमाडौं, भक्तपुर र ललितपुरका पुराना घरहरू ५० वर्ष पहिलासम्म विश्वका उत्कृष्ट पचास सहर मध्ये १० औँ नम्बरमा थियो । 



तर, अहिले आधुनिक कङ्क्रिटको घर हुनुलाई समाजले प्रतिष्ठाको विषय मानेको छ । जस कारण सबैले मौलिक घरलाई छोड्दै कङ्क्रिटको घर बनाउन थालेका छन् भने काठमाडौं उपत्यका कङ्क्रिटको सहरको रूपमा परिचित छ । उपत्यकाका केही भित्री बस्ती बाहेकका क्षेत्रमा मौलिक पहिचान झल्किने घर भेट्न मुस्किल प्रायः छ । 

मौलिक पुराना घर जोगाएर पर्यटनको विकास गर्न राजनीतिक नेतृत्व नै अन्योलमा छन् । पर्यटनको विकासको लागि मौलिक घर निर्माण र पुरानो सीपको प्रयोग गरेर नेपालको सौन्दर्यलाई पुनः उजागर गर्न सबै एक हुन जरुरी छ । अहिले विभिन्न शैलीका मौलिक एवं परम्परागत घरहरू लोप हुने अवस्थामा पुगेका छन् । 



पुराना मौलिक घर भत्काएर नयाँ आधुनिक किसिमका कङ्क्रिटका घरहरू सहर बजारदेखि गाउँसम्म बन्न थालेका छन् । अर्कोतर्फ ढुङ्गा, टायल, खरले छाएका नेपाली परम्परागत र मौलिक घर भत्काएर आधुनिक कङ्क्रिट पिल्लरको घर बन्न थालेका छन् । यद्यपि काँठ क्षेत्रमा भने अझै पनि पुराना कलात्मक शैलीको प्रयोग गरी बनाइएका घरहरू भने कतै भेटिने गर्छन् । 

 

फोटो फिचर : न्युज एजेन्सी नेपाल 

  • प्रकाशित मिति : वैशाख ९, २०८० शनिबार १०:१२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया