logo-img

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न भएकामा आभार व्यक्त

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्य उपनिर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकामा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् ।
     
उपनिर्वाचन सम्पन्न भएपछि आइतबार उनले विज्ञप्तिमार्फत उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १, चितवन क्षेत्र नं २ र बारा क्षेत्र नं २ मा उत्साहपूर्ण रूपमा मतदान सम्पन्न भएको उल्लेख गर्दै मतदानमा भएको यो उत्साहपूर्ण सहभागिताले नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको बताएका छन् । 
 
‘यो निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक स्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास लिएको छु । निर्वाचनमा अत्यन्त उत्साह, संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकामा सम्बन्धित क्षेत्रका सम्पूर्ण मतदाताप्रति आभार एवं कृतज्ञता व्यक्त गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ ।
 
सभापति देउवाले उपनिर्वाचन भएका तीनवटै क्षेत्रहरूमा शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकामा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन् । 

निर्वाचन सफल गराउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकाय तथा निर्वाचनमा सहभागी राजनीतिक दल, सञ्चारकर्मी एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकप्रतिसमेत देउवाले धन्यवाद तथा आभार व्यक्त गरेका छन् । 





  • प्रकाशित मिति : वैशाख १०, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया