logo-img

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने प्रतिनिधसभा बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ । 

यस्तै, विशेष समिति गठनका लागि सांसद ईश्वरीदेवी न्यौपानेले ‘प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिम विशेष समिति गठन गरियोस्’ भनी सदस्यहरूको नामावलीसहितको प्रस्ताव पेस गर्ने छिन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफलका लागि पेस गर्ने, विधेयकमाथि प्राप्त संशोधनलाई निर्णायार्थ प्रस्तुत गरी पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

सम्भावित कार्यसूची :

दिउँसो १ बजे बस्ने राष्ट्रियसभा बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ । बैठकमा ‘सुदृढ अर्थतन्त्र निर्माणको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने,’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि पनि छलफल हुने संसद् सचिवालयले जनाएको छ । 



यो जरुरी महत्वको प्रस्तावको प्रस्तावकमा सांसद मदनकुमारी शाह ‘गरिमा’ रहेकी छन् । बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘अध्यागमन विधेयक २०७६ ’ छलफल र पारितका लागि पेस गर्ने सम्भावित कार्यसूची छ । 

सम्भावित कार्यसूची :



  • प्रकाशित मिति : वैशाख १३, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया