logo-img

विपद् व्यवस्थापनको पूर्वतयारीबारे प्रभु साहले मागे जानकारी

आमजनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले विपद् व्यवस्थापनबारे भइरहेको पूर्वतयारीबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् । 

रौतहटलगायत जिल्लामा आगलागीका घटना दिनहुँ भइरहेको उल्लेख गर्दै उनले त्यसको न्यूनीकरणका लागि सरकारले के गरिरहेको छ ? भनी प्रश्नसमेत गरे । बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै अध्यक्ष साहले रौतहटका आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए । 

वर्षा लाग्न सुरु भइसकेको उल्लेख गर्दै उनले त्यसबाट हुने क्षति न्यूनीकरणका लागि पनि सरकारको ध्यानाकर्षण गराए । 

अध्यक्ष साहले बर्सेनि विपद आउने, तर सरकारले आवश्यक सावधानी नअपनाएकै कारण नागरिकको ज्यान जाने गरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे । 





  • प्रकाशित मिति : वैशाख १३, २०८० बुधबार १८:५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया