logo-img

विधायन व्यवस्थापन समितिको सभापति चयन वैशाख २५ मा हुने

राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिको सभापतिको निर्वाचनमा यही वैशाख २५ गते हुने भएको छ । 

शुक्रबार राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो जानकारी गराएका हुन् । त्यस अवसरमा उनले सो निर्वाचन कार्यक्रम सार्वजनिक गर्न पनि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँललाई निर्देशन दिए । 

उनले भने, ‘राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० बमोजिम राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समिति सभापतिको निर्वाचनका लागि मिति २०८० बैशाख २५ गते सोमबार अपरान्ह २ बजेको समय तोकेको छु । समिति सभापतिको निर्वाचन सम्बन्धि कार्यक्रमको सूचना प्रकाशन गर्न राष्ट्रियसभाका सचिवलाई निर्देशन गर्दछु ।’

त्यसैगरी बैठकले राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा राष्ट्रियसभाबाट प्रमिला कुमारी, भैरवसुन्दर श्रेष्ठ र मदनकुमारी साह गरिमालाई मनोनयन पनि गरेको छ । अध्यक्ष तिमिल्सिनाले प्रस्ताव गर्नु भएको सो नामावलीलाई बैठकले सहमती दिएको हो ।  





  • प्रकाशित मिति : वैशाख १५, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया