logo-img

थप ५१ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

शनिबार एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार उपचारका क्रममा शनिबार उनको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ३० पुगेको छ ।

मन्त्रालयले दिएको जानकारीअनुसार ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । सक्रिय संक्रमित तीन सय ६१ जना छन् । 

यस्तै संस्थागत आइसोलेसनमा २७, सघन उपचार कक्ष ९आइसीयू० मा आठ र भेन्टिलेटरमा एक जना उपचारत रहेका मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : वैशाख १६, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया