नेपाली कांग्रेस नेता डा. मीनेन्द्र रिजालले किओच बाल अस्पताललाई ५० लाख रुपैयाँ सहयोग गरेका छन् ।
पूर्व मन्त्री डा. रिजालले बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापक समेत रहेका काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान् कोइरालालाई चेक हस्तान्तरण गरेका हुन् ।
आफ्ना माता पिताको स्मृतिमा स्थापना गरेको पुण्य श्री फाउण्डेसनमार्फत प्रदान गरेको सो रकम बराबरको चेक डा. रिजालले रतुवामाई नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।