logo-img

रविले बढाए राजनीतिक भेटघाट, मंगलबार देउवासँग भेट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । उपनिर्वाचनमार्फ चितवन २ बाट निर्वाचित भएसँगै उनले भेटघाट बढाएका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल रास्वपालाई सरकारमा ल्याउने गृहकार्यमा रहिरहँदा मंगलबार लामिछानेले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका हुन् । 

यसअघि सभापति लामिछानेले प्रधानमन्त्री दाहाललाई विभिन्न चरणमा भेटेका थिए । सोमबार मात्रै प्रचण्डले चितवन पुगेर रास्वपा सरकारमा आउन सहमत भएको संकेत गरेका थिए । 

सत्तारुढ दलका नेताहरु रास्वपालाई सरकारमा ल्याउने गृहकार्यमा जुटेका छन् । रास्वपा पनि गृहलगायत पहिले पाएका मन्त्रालय पाए सरकारमा जाने मनसायमा रहेको बताइएको छ । 





  • प्रकाशित मिति : वैशाख १९, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया