logo-img

नक्कली शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री ओलीमाथि पनि छानबिन गर्न सांसद चाैधरीकाे माग

पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नक्कली शरणार्थी प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पनि छानबिन गर्नुपर्ने माग गरेका छन् । 

आइतबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले त्यतिबेलाको सिंगो सरकार नै यो प्रकरणमा लागेको दाबी गर्दै तत्कालीन प्रधानमन्त्री माथिसमेत छानबिन गर्नुपर्ने बताएका हुन् । त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली रहेका थिए भने गृहमन्त्री रामबहादुर थापा बादल रहेका थिए । 

तत्कालीन गृहसचिवले समेत साे विषय स्वीकार गरिसकेको भन्दै सांसद चाैधरीले भने– सम्भवतः मलाई के लाग्दै छ भने स्वयं तत्कालीन सरकारले नै यो आपराधिक कार्यमा लागेको देखिएको थियो । त्यसैले जोजो यो कार्यमा विगतमा संलग्न थिए, त्यसबेलाका प्रधानमन्त्रीलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्छ ।'

उनले नागरिकता सम्बन्धी कानुन बनाएर सबै नागरिकलाई नागरिकता दिने काम गर्न पनि आग्रह गरे ।





  • प्रकाशित मिति : वैशाख २४, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया