logo-img

आगामी बजेट उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित हुनुपर्छ : ज्ञानेन्द्रबहादुर कार्की

नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले आगामी आर्थिक वर्षको बजेटको मुख्य उद्देश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित हुनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले आन्तरिक उत्पादन र रोजगारीलाई सबल नबनाइ दिगो आर्थिक विकासको आधार तयार हुन नसक्ने बताए । कार्कीले स्रोतमा आएको संकुचनका कारणले सरकारलाई हौसिएर बजेट बनाउने सुविधा नभएको बताए । 

सांसद कार्कीले अर्थतन्त्रमा देखिका समस्या र चुनौती रहेको अवस्थामा लोकप्रिय नभएर यथार्थपरक बजेट मुलुकलाई आवश्यकता रहेको बताए । उनले अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकतामा आर्थिक वृद्धिदर हासिल गर्ने, बेरोजगारलाई स्वरोजगार बनाउने र अर्थतन्त्रलाई सवल बनाउने विषयको समर्थन गरे ।  

‘सरकारले आन्तरिक उत्पादन र रोजगारीलाई सबल नबनाइ दिगो आर्थिक विकासको आधार तयार हुँदैन । आगामी आर्थिक वर्षको बजेटको मुख्य उद्देश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित रहनुपर्छ । स्रोतमा आएको संकुचनका कारणले सरकारलाई हौसिएर बजेट बनाउने सुविधा छैन,’ सांसद कार्कीले भने, ‘अहिलेको अवस्थामा पपुलिष्ट होइन । यथार्थपरक बजेट मुलुकलाई आवश्यकता छ । यो पृष्ठभूमिमा सरकारको तर्फबाट अर्थमन्त्री डा.प्रकाशशरण महतले विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकतामा आर्थिक वृद्धिदर हासिल गर्ने, बेरोजगारलाई स्वरोजगार बनाउने र अर्थतन्त्रलाई सबल बनाउने प्रतिबद्धता जनाउनुभएको छ । त्यसको स्वागत गर्न चाहन्छु । समर्थन गर्न चाहन्छु ।’  
 
उनले नेपाल विकासको फड्को मार्ने सम्भावना भएको मुलुक भए पनि सरकारले सोअनुसार अगाडि बढाउन नसकेको बताए । सांसद कार्कीले २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भएर बहुदलीय सरकार स्थापना हुँदैगर्दा प्रतिव्यत्ति १ सय ८० डलर नेपालीको आय सन् २०२१ सम्ममा त्यो आय १२ सय डलर पुगेको भन्दै यो गति सुस्त भएको बताए ।  

‘हाम्रो मुलुक विकासको फड्को मार्ने अन्त्यन्तै सम्भावना भएको मुलुक हो । तर, त्यसअनुसार सरकारले मुलुकलाई अगाडि बढाउन नसकेको यथार्थता हो । २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भएर बहुदलीय सरकार स्थापना हुँदै गर्दा त्यसबेला प्रतिव्यक्ति १ सय ८० डलर नेपालीहरूको आय थियो । सन २०२१ सम्ममा त्यो आय १२ सय डलर पुगेको छ । यो गति सुस्त छ,’ कार्कीले भने । 





  • प्रकाशित मिति : वैशाख २५, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया