एक चिनियाँ अन्तरिक्षयान २७६ दिनपछि पृथ्वीमा फर्किएको छ । यान सोमबार पृथ्वीमा अवतरण गरेको हो । यानले पृथ्वीको कक्षमा नौ महिनाभन्दा बढी समय बिताएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जानकारी दिएको छ ।
अगस्ट २०२२ मा पहिलो पटक प्रक्षेपण यान कस्तो थियो, के परीक्षण गरिएको थियो, कति माथि उडेको थियो, पृथ्वीको कुन कक्षमा रहेको थियो भन्ने विषयमा जानकारी बाहिरिएको छैन । सिन्ह्वाका अनुसार क्र्यु मेम्बर नभएको यो अन्तरिक्षयान उत्तरपश्चिम चीनको जिउक्वान स्याटलाइट लञ्च सेन्टरमा अवतरण भएको हो ।
यो परीक्षणले पुनः प्रयोग गर्न सकिने अन्तरिक्षयान प्रविधिमा चिनियाँ अनुसन्धानलाई ठूलो सफलता दिएको विश्लेषण गरिएको छ । विभिन्न अन्तरिक्ष यात्राको मिसनका लागि यो परीक्षणले सहज बाटो खोलिदिएको सिन्ह्वाले उल्लेख गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।