logo-img

सरकारले रोक्यो प्रहरी महानिरीक्षकको अमेरिका भ्रमण

सरकारले प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरको अमेरिका भ्रमण रद्द गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणपछि सरकारले उनको भ्रमण रोकेको हो । 

अमेरिकामा आयोजना हुने लिडरसिप एक्जेन्ज कार्यक्रममा सहभागी हुन आइजिपी कुँवर सोमबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो । उनको सट्टामा एआइजी किरण बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको छ। 

एआइजी बज्राचार्यसँगै सदस्यहरू एआइजी सुदिप गिरी, डिआइजी रामदत्त जोशी, एसएसपी एएम चन्द्रबहादुर धामी र सन्तोष खड्का अमेरिका प्रस्थान गरेका छन्।

वैशाख २७ देखि २९ सम्म अमेरिकाको वासिङ्टन डिसी र न्युयोर्कमा सञ्चालन हुने कार्यक्रममा भविष्यमा हुने सुरक्षा चुनौती र आतंतवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबारलगायत वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रणलगायत विषयमा छलफल हुने बताइएको छ।





  • प्रकाशित मिति : वैशाख २५, २०८० साेमबार २२:४०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया