logo-img

प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा र ओली बालुवाटारमा
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । 

प्रधानमन्त्री दाहालसहित शीर्ष तीनबीच आज बिहान बालुवाटारमा छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । उनका अनुसार छलफल अहिले पनि जारी छ ।

तीन शीर्ष नेताहरूबीच नक्कली भुटानी शरणार्थी प्रकरणसहित समसामयिक विषयमा कुराकानी भइरहेको बताइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइल व्यक्ति पनि तानिएपछि पछिल्लो समय शीर्ष नेताबीचको भेट बाक्लिएको छ । 

पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी यस प्रकरणमा तानिएपछि ओलीले निरन्तर प्रधानमन्त्री प्रचण्डसँग छलफल गरिरहेका थिए ।

पछिल्लो समय सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका केही नेताको नाम पनि नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएपछि शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । 





  • प्रकाशित मिति : वैशाख २६, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया