logo-img

शीर्ष नेताकाे बैठकलगत्तै देउवाले बोलाए पदाधिकारीको आकस्मिक बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् । 

पूर्वगृहमन्त्री एवं पार्टी केन्द्रीय सदस्य बालकृष्ण खाण पक्राउ परेपछि उनले पदाधिकारी बैठक बोलाएका हुन् ।   

कांग्रेस स्रोतका अनुसार देउवाले ५ बजे आफ्नै निवास धुम्बाराही बस्ने गरी आकस्मिक बैठक बोलाएका हुन् । 

खाण आज बिहान आफ्नै निवासबाट पक्राउ परेका थिए । ​आजै प्रमुख तीन दलका शीर्ष नेताबीच सिंहदरबारमा भेटवार्ता भएको थियो ।

बैठकको बीचमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाइएपछि उनी पनि पनि बैठकमा सहभागी भएका थिए । 

शीर्षनेताहरुले गृहमन्त्रीसँग छलफल गरेलगत्तै कांग्रेस सभापति देउवाले कांग्रेसको पदाधिकारी बैठक बोलाएका हुन् ।  





  • प्रकाशित मिति : वैशाख २७, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया