logo-img

स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन जोड दिएको छु : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन आफूले जोड दिएको बताएका छन् । मन्त्री बस्नेतले सो बिमा गरेकाहरुको उपचारमा सरलीकरण गर्नुपर्ने विषयलाई पनि आफूले गम्भीरतापूर्वक लिएको उनले बताए । 

बुधबार मन्त्रालयमा पत्रकारहरुसँग सामूहिक भेटगरी उनले स्वास्थ्य बिमा गरेका मानिसलाई उपचारको क्रममा दोस्रो नागरिकको व्यवहार हुने गरेको आफूले सुनेकाले यसलाई सरलीकरण गर्न सरकार लागिपर्ने स्पष्ट पारे । मन्त्री बस्नेतले स्वास्थ्य बिमा कार्यक्रम राम्रो भएको र यसको बजेट बढाएर प्रभावकारी कार्यान्वयनमा लैजानका लागि मातहतका निकायलाई आफूले निर्देशन दिइसकेको दाबी गरे । 

‘यो स्वास्थ्य बिमाको बारेमा गम्भीर विषय उठेको छ । स्वास्थ्य बिमामा एक रुपता पनि रहेन,' उनले भने, 'अनि, बिमा गरेको मान्छे भनेर हस्पिटलमा जानेबित्तिकै त्यसलाई दोस्रो दर्जाको बिरामीको रुपमा हेरिने अवस्था पनि सुनेको छु मैले ।' बिमाकाे कार्यान्वयन पक्ष प्रभावकारी नदेखिएको भन्दै उनले यो विषयमा सम्बन्धित व्यक्तिहरुसँग कुरा गरेर प्रभावकारी बनाउन लागिपर्ने उनले बताए । 

'हामीले यसलाई सफलतापूर्वक सम्पन्न गर्ने र बजेटको भोल्युम अघि ठूलो बनाएर चाँडो यसलाई टुंग्याउनुपर्नेछ । र, बिमा गरेकाहरुको उपचारमा सरलीकरण गर्न, प्रभावकारी गर्न सक्नुपर्ने बाध्यता छ,' उनले भने, 'यसका लागि पनि योपटक बजेट थपिएको छैन । हामीले यो कुरा उठाइराखेका छौं । यो गम्भीर कुरा हो । यसलाई गम्भीरताका साथ मैले आएको दिनबाट लिएको छु ।’

मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयमा बजेटको अभाव भए पनि बाह्य लगानी भित्र्याउन आफूलाई कुनै समस्या नरहेको पटकपटक दोहोर्याए । क्यान्सरजस्ता प्राणघातक रोगहरुको उपचारमा थप राहत दिनुपर्छ भन्ने कुरामा आफू सचेत रहेको उनले बताए । 





  • प्रकाशित मिति : वैशाख २७, २०८० बुधबार १७:३५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया