logo-img

प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । उनीहरूबीच आज बिहान बालुवाटारमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।  

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेको भोलिपल्ट सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।  

प्रचण्ड–देउवाबीचको भेटमा पछिल्लो समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइल व्यक्ति जोडिएको पाइएपछि पछिल्लो समय शीर्ष नेताबीचको भेट बाक्लिएको छ ।

केही दिनअघि मात्र प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवासहित एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो ।  





  • प्रकाशित मिति : वैशाख २८, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया