logo-img

संविधानको पुनर्मूल्यांकन गर्ने बेला भएको छैन : प्रथम राष्ट्रपति यादव
फाइल फाेटाे

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानको पुनर्मूल्यांकन गर्ने बेला नभएको बताएका छन् । 

शुक्रबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक नेपालको संविधानको व्याख्या भाग १ र २ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले नै संविधानको पुनःमूल्यांकनको बेला नभएको भन्दै अहिले पूर्ण रुपमा संविधान लागू गरेर जाने समय रहेको बताए । 

उनले वर्तमान संविधानको कार्यान्वयन सही ढंगबाट गर्न बाँकी नै रहेको बताए । पतिप्रथम राष्ट्रपति यादवले वर्तमान संविधानलाई संरक्षण गरेर लैजान नसके देशलाई सम्हाल्न गाह्रो हुने दाबी गरे । उनले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, लोकतान्त्रिक व्यवस्था र कानूनको शासनलाई सोचेर नै संविधान बनाइएको भन्दै यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न जरुरी रहेको उल्लेख गरे । 

उनले भने, ‘संविधानलाई पुनःमूल्यांकन गर्ने बेला भएको छैन । यसलाई लागू गर्नेतिर हामी जाऔँ । एकाध चुनावहरु हुन्, राम्रोसँग यो लागू होस् त्यो हामी चाहन्छौँ । यो संविधानलाई जति हामीले संरक्षण गरेर लैजान सक्दैनौँ, भोलि हामीले यो देशलाई सम्हाल्न सक्दैनौँ । हामीले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य यी सबै कुराहरु सोचेर यो देशको एकता, अखण्डतालाई कायम गर्दै लोकतान्त्रिक व्यवस्थालाई अघि बढाउँदै, कानूनको शासन जुन छ, यसलाई अघि बढाउँदै लगे हाम्रो देश सफल हुन्छ ।’

कार्यक्रममा लेखक वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले जनप्रतिनिधिहरुले संविधान अनुकुल काम नगर्दा पुस्तकबाट जनतामा सुसुचित गर्ने लक्ष्यका साथ पुस्तक लेखिरहेको बताए । उनले नेपालमा शासकले विधिलाई शासन गरिरहेको बताए । 

उनले भने, ‘जनताले जुन मत दिन्छन्, प्रतिनिधि पठाउँछन् त्यो प्रतिनिधिले आफ्नो संविधान अनुकुल काम गर्दैनन्, रुल अफ ल हुनुपर्नेमा रुल बाइ ल हुन्छ, शासकले विधिलाई शासन गरिरहेको छ, विधिले शासकलाई शासन गर्नुपर्ने हो । तर यसरी विधिलाई शासकले शासन गर्दा कितावबाट भएर पनि जनसमक्ष लेखेर जनतामा ल्याउनुपर्छ भनेर लेख्ने गरेको छु ।’ 





  • प्रकाशित मिति : जेठ ६, २०८० शनिबार ११:२३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया