logo-img

ए डिभिजन लिग : सातदोबाटोसँग थ्री स्टार स्तब्ध

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारको खेलमा सातदोबाटो युथ क्लबले थ्री स्टार क्लबलाई २–० गोलले पराजित गरेको छ।​

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको २४औं मिनेटमा विलियम ओपोकुले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको थ्री स्टारले दोस्रो हाफको सुरुआतमै पुनः गोल खायो।

ओपोकुले नै ४७औं मिनेटमा फ्रि–किकमार्फत सोझै गोल गर्दै सातदोबाटोको अग्रता दोब्बर पारे। 

जितसँगै १९ खेलबाट २९ अंक जोडेको सातदोबाटो लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ। समान खेलबाट २६ अंक जोडेको थ्री स्टार पाँचौँ स्थानमा झरेको छ। शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडको १९ चरण सकिँदा ३६ अंक छ।

दोस्रो स्थानको जावलाखेल युथ क्लबको ३२ र तेस्रो स्थानको मछिन्द्रको ३१ अंक छ। रेलिगेसन जोनमा रहेका फ्रेन्ड्स क्लब र एफसी खुमलटारको क्रमशः २१ र १८ अंक छ।





  • प्रकाशित मिति : जेठ ६, २०८० शनिबार २१:४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया