logo-img

कांग्रेसले जनयुद्ध स्वीकार गरेकाे हाे भने उसकाे अन्त्य निश्चित छ : योगेश भट्टराई

नेकपा(एमाले)का सांसद योगेश भट्टराईले सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा जनयुद्ध शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले यस्तो बताएका हुन् । 

नेपालको कुनै पनि सरकारी दस्ताबेजमा जनयुद्ध शब्द हालसम्म उल्लेख नभएको, तर नीति तथा कार्यक्रमको पहिलो बुँदामै जनयुद्ध शब्दको प्रयोग भएको भन्दै उनले आपत्ति जनाएका हुन् । यसपटक प्रधानमन्त्रीले राष्ट्रपतिको मुखबाट जनयुद्ध शब्द वाचन गराउन लगाएको भन्दै उनले नेपाली कांग्रेसले जनयुद्ध शब्दलाई स्वीकार गरेमा नेपाली कांग्रेसको अन्त्य हुने दाबी गरे । 

भट्टराईले नीति तथा कार्यक्रममा महिला, दलित र पिछडिएका क्षेत्रका वर्ग र समुदायको बारेमा उल्लेख नभएको बताए । त्यसैगरी पहाड र हिमालका मानिस बसाइसराइ गरिराखेको सन्दर्भमा सोही ठाउँमा मानिसहरुलाई अड्याउनका लागि सरकारले ध्यान नपुर्याएको उनले औँल्याए । 

सांसद भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु गल्ती नभएको बताए । बरु ती विमानस्थललाई व्यावसायिक प्रतिफल प्राप्त हुनेगरी सञ्चालन गर्न नसक्नु सरकारको असफलता भएको उनको दाबी छ । 

सरकारले भारत सरकारसँग हवाई सम्झौताअनुसार हवाई मार्ग प्राप्त गर्नसक्ने कूटनीतिक ल्याकत राख्न नसकेको उनले आराेप लगाए । 





  • प्रकाशित मिति : जेठ ८, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया