ए डिभिजन लिग : एनआरटी र एपिएफ क्लब विजयी

न्युरोड टिम (एनआरटी) र विभागीय टोली एपिएफ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा जित निकालेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा एनआरटीले आर्मीलाई १-० गोलले हरायो । च्यासलमा भएको अर्को खेलमा एपीएफले संकटा क्लबलाई २-१ गोलले हरायो । एनआरटीको जितमा कृतिसरत्न छुन्जुले निर्णायक गोल गरे । 

छुन्जुले ७९औं मिनेटमा गरेको गोल टोलीको जितमा प्रयाप्त बन्यो । एनआरटीको यो छैटौं जित हो । एनआरटीले २१ खेलमा २६ अंक जोडेको छ । आर्मीको समान खेलबाट २९ अंक छ ।

यस्तै, एपिएफको जितमा आवास लामिछानेले २५औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरे । संकटाका मनिसा डाँगीले ५०औं मिनेटमा सन्त्वना गोल गरे । जितसँगै एपिएफको २१ खेलबाट २६ अंक पुगेको छ । पराजित संकटाको समान खेलबाट २३ अंक छ ।





  • प्रकाशित मिति : जेठ १०, २०८० बुधबार १७:५६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया