ए डिभिजन लिग : मछिन्द्र र जावलाखेलको बराबरी

सहिद स्मारक ए डिभिजन लिगमा बुधबार मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा दोस्रो स्थानको मछिन्द्र र तेस्रो स्थानको जावलाखेलले गोलरहित बराबरी खेलेका हुन् ।

यस बराबरीले अंकतालिकामा दुवै टोलीको स्थान यथावत् छ भने लिग लिडर चर्च ब्वाइज युनाइटेडलाई फाइदा पुगेको छ । लिगको पहिलो चरणमा जावलाखेलले मछिन्द्रलाई ३–१ ले पराजित गरेको थियो ।

२१ खेलबाट मछिन्द्रको ३५ अंक हुँदा जावलाखेलको उति नै खेलबाट ३४ अंक छ । एक खेल कम खेलेको चर्च ब्वाइज शीर्ष स्थानमा छ ।

बिहीबार चर्च ब्वाइजले च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्दैछ र उक्त खेल जितेमा चर्च ब्वाइजले शीर्ष स्थानमा ५ अंकको अग्रता बनाउनेछ ।





  • प्रकाशित मिति : जेठ १०, २०८० बुधबार २१:४२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया