त्रिभुवन आर्मी र मच्छिन्द्र बराबरीमा रोकिए

उपाधि होडमा रहेको मच्छिन्द्र फुटबल क्लब विभागीय टोली त्रिभुवन आर्मीसँग बराबरीमा रोकिएको छ । सहिद स्मारक ए डिभजिन लिगको खेलमध्ये ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा आर्मीले लिएको सुरुवाती अग्रतालाई १–१ को बराबरी ल्याउँदै अंक बाँडेपछि मच्छिन्द्रको उपाधि होडमा धक्का लागेको हो । 

‘ए’ डिभिजन लिगमा साविक विजेता मच्छिन्द्र क्लबविरुद्ध १–१ को बराबरीमा रोकिएको छ । बराबरीसँगै २२ खेलमा २९ अंक जोडेको आर्मी सातौँ स्थानमा झरेको छ । मच्छिन्द्र समान खेलबाट ३५ अंककासाथ दोस्रो स्थानमा यथावत् छ ।

रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा १७औं मिनेटमा दिनेश हेन्जनको गोलमार्फत आर्मीले सुरुवाती अग्रता लिएको थियो । तर, ६०औं मिनेटमा युद्ध शाहीबाट आत्मघाती गोल हुन पुग्दा मच्छिन्द्र १–१ को बराबरीमा हुँदा मच्छिन्द्र हारबाट जोगिन पुगेको थियो । आर्मी लिगमा मच्छिन्द्रविरुद्ध अपराजित रह्यो । पहिलो भेटमा आर्मी २–० ले विजयी भएको थियो ।





  • प्रकाशित मिति : जेठ १३, २०८० शनिबार २०:३५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया