‘ए’ डिभिजन लिग : मनाङले थ्री स्टार तथा सातदोबाटोले एनआरटीको सामना गर्दै

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मर्स्याङ्दीले थ्रीस्टार क्लबको सामना गर्दैछ ।

यी दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । मनाङ २१ खेलबाट २५ अंकका साथ लिगको १२ औँ स्थानमा छ । यस्तै, थ्रीस्टार समान खेलबाट २६ अंकका साथ लिगको नवौँ स्थानमा छ । 

लिगमा मनाङले पछिल्ला पाँच खेलमा जित हात पार्न सकेको छैन । थ्रीस्टारले पनि पछिल्लो पाँच खेलमा जित निकाल्न सकेको छैन । लिगकै दोस्रो खेलमा सातदोबाटो युथ क्लबले न्युरोड टिम (एनआरटी) को सामना गर्दैछ ।   

यी दुई टोलीबीचको खेल च्यासल खेल मैदानमा दिउँसो ३ बजे नै सुरु हुनेछ । सातदोबाटो आज नवौँ जितको खोजीमा हुनेछ । सातदोबाटो २१ खेलमा २९ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ ।

एनआरटी सातौँ जितको खोजीमा हुनेछ । ऊ २१ खेलबाट २६ अंक जोडेर दसौँ स्थानमा रहेको छ ।





  • प्रकाशित मिति : जेठ १४, २०८० आइतबार १०:४६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया