संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक साँभm ६ बजेबाट सुरु हुनेछ ।
यस्तै, राष्ट्रिय सभाको बैठक साँझ ६ः१५ बजेबाट सुरु सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/२०८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटको प्रति टेबुल गर्नेछन् । राष्ट्रिय सभाको बैठकमा पनि अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८०/२०८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटको प्रति टेबुल गर्ने कार्यसूची छ ।
यस्तै, विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले कोभिड–१९ संकट व्यवस्थापन विधेयक, २०७८ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।