‘ए’ डिभिजन लिगमा आज पनि दुई खेल, मछिन्द्रलाई दोस्रो स्थानमा उक्लिने मौका

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । दोस्रो लेगको दसौँ चरणको बुधबारमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुन लागेको हो ।   

एन्फा कम्प्लेक्समा हुने खेलमा सातदोबाटो युथ क्लबले मछिन्द्र फुटबल क्लबको सामना गर्नेछ । यी दुई टिमबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सातदोबाटो आज नवौँ जितको खोजीमा छ । ऊ २२ खेलमा २९ अंक जोडेर छैटौँ स्थानमा रहेको छ । दसौँ जितको खोजीमा रहेको मछिन्द्र २२ खेलमा ३६ अंकसहित तेस्रो स्थानमा रहेको छ । उसलाई आज दोस्रो स्थानमा उक्लिने मौका छ ।

यस्तै, च्यासलमा आज दिउँसो ३ बजे हुने खेलमा थ्री स्टार र संकटा क्लब खेल्नेछन् । थ्री स्टार सातौं जितको खोजीमा हुनेछ । ऊ २२ खेलमा २६ अंक जोडेर ११ औँ स्थानमा रहेको छ । 

सातौं जित निकाल्ने योजनामा रहेको संकटा २२ खेलमा २६ अंक जोडेर १२ औँ स्थानमा छ । 





  • प्रकाशित मिति : जेठ १७, २०८० बुधबार १०:४६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया