logo-img

पुरानै नागरिकता विधेयक प्रमाणिकरण गराउनु राष्ट्रहितविरुद्ध छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकता विद्येयक प्रमाणिकरण गर्ने राष्ट्रपति रामचन्द्र पोडेलको निर्णय राष्ट्रहितविरुद्ध रहेको टिप्पणी गरेका छन् ।  

उनले संसदमा छलफल नगराइ पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु लोकतान्त्रित संसदीय मूल्यमान्यता र राष्ट्रहितविरुद्ध रहेको टिप्पणी गरेका हुन् ।

‘नयाँ जनादेशबाट नयाँ संसद् बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमाविपरीत लोकतान्त्रित संसदीय मूल्यमान्यता र राष्ट्रहितविरुद्ध छ,’ लामिछानेले फेसबुकमा लेखेका छन् ।   

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविपरीत रोकेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो ।

मन्त्रिपरिषद्को आग्रहअनुसार राष्ट्रपति पौडेलले बुधबार संविधानको धारा ६१ र ६६ बमोजिम विधेयक प्रमाणीकरण गरेका हुन् ।  



संघीय संसदले साउन २०७९ मै नागरिकता विधेयक पास गरेको थियो । तर, तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् ।         



  • प्रकाशित मिति : जेठ १७, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया