सातदोबाटोमाथि मछिन्द्रकाे सहज जित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबमाथि सहज जित हासिल गरेको छ । 

बुधबार एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटोलाई ३–१ गोल अन्तरले हराएको हो । मछिन्द्रको जितमा आफिज ओलावालेले ह्याट्रिक गोल गरे । 

उनले खेलको १७, पहिलो हाफको इन्जुरी समय र ५६ मिनेटमा गोल गरेका थिए । खेलको ८४ औं मिनेटमा सातदोबाटोका जोर्डन पुन मगरले गोल गरेपनि मछिन्द्र ३–१ ले विजयी भयो । जितसँगै मछिन्द्रले २३ खेलमा ३९ अंक जोडेको छ । समान खेल खेलको सातदोबाटोको २९ अंक रहेको छ । 

त्यस्तै, बुधबार नै च्यासल मैदानमा भएको खेलमा थ्री स्टार क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । यस बराबरीसँगै थ्री स्टारले २३ खेलमा २७ अंक जोडेको छ । 





  • प्रकाशित मिति : जेठ १७, २०८० बुधबार १८:५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया