ए डिभिजन लिग : संकटा र थ्री स्टारबीच बराबरी

सहिद स्मारक ए डिभिजन लिगमा बुधबार संकटा क्लब र थ्री स्टार क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुरस्थित च्यासल मैदानमा बुधबार भएको खेलमा थ्री स्टार र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन्। 

सुरुवातबाट नै प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका लागि सुन्दर मौका बनाए पनि सदुपयोग गर्न असफल रहेका थिए। पहिलो हाफको अन्त्यतिर थ्री स्टारका दीपेश गुरुङले पाएको अवसरलाई खेर फाल्दा अग्रता मौका गुमेको थियो। 

पहिलो हाफको इन्जुरी समयमा संकटाले दुई अवसरलाई सदुपयोग गर्न गर्न सकेन। सोही क्रममा काउन्टर गरेको थ्री स्टारका आदित्य शाक्यले गरेको शक्तिशाली प्रहार संकटाका गोलकिपर टिकेन्द्रसिंह थापाले बचाउँदै विफल बनाएका थिए।

अर्को मिनेटमा अनमार्क रहेका दीपेश सहज अवसरलाई गोलमा परिणत गर्न सकेनन्। खेलको इन्जुरी समयमा थ्री स्टारका मार्टिन्स अजाइको क्रसलाई सिफामन्डला माथेनवाले हेडमार्फत जाली चुमाएको भए पनि अफसाइड रहँदा त्यसले मान्यता पाएन। 

यस बराबरीसँगै थ्री स्टार र संकटाले समान २३ खेलबाट समान २७ अंक बनाएका छन्। थ्री स्टार ११औं स्थानमा रहेको छ भने संकटा गोलअन्तरका आधारमा १२औं स्थानमा छ।





  • प्रकाशित मिति : जेठ १७, २०८० बुधबार १९:२०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया